मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

नवनिर्वाचित राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता



शुक्रबार २६ , फाल्गुन २०७९

काठमाडौं । सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

पौडेलको निजी निवास बोहोराटारमा भेटवार्ता भएको हो । भेटमा सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४६ औं सम्मेलनमा भाग लिन आफू बहराइन जान लागेको जानकारी पनि पौडेललाई गराएका थिए । सोही कारण आफू नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहण समारोहमा उपस्थित हुन नसक्ने जानकारी पनि सभामुखले गराएका थिए ।

Featured News

Advertisement