बालिकाको हत्या आरोपमा झारफुक गर्ने झाँक्री पक्राउ
सोमबार
२२ ,
फाल्गुन
२०७९
Tamor Khabar
338
बुटवल । झारफुक गर्ने बहानामा कुटपिट गरी एक बालिकाको हत्या गरेको आरोपमा झाँक्री महिला पक्राउ परेकी छिन्
पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नं.१० बेमतेनी बस्ने २२ वर्षीय सोनिया रेश्मी रहेकी प्रहरीले जनाएको छ । रेश्मीले झारफुक गर्ने बहानामा २० फागुनमा सैनामैना १० झिमझिमे बस्ने १४ वर्षीय सीता ज्ञवालीलाई कुटपिट गरेर हत्या गरेको प्रहरीको आरोप छ ।
कुटपिटबाट २० गते राति सीताको मृत्यु भएको र शवलाई राति नै दाहसंस्कार गरी सकिएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले रेश्मीलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान पश्चात रुपन्देही जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमती लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








