मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

विदेशी पर्यटक पनि रमाए होलीमा



सोमबार २२ , फाल्गुन २०७९

पोखरा । रंगहरुको पर्व होलीमा विदेशी पर्यटकहरु पनि रमाएका छन् । होलीको अवसरमा रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) ले पोखरामा आयोजना गरेको होली महोत्सव कार्यक्रममा विदेशी पर्यटकहरु पनि रमाएका हुन् ।

पोखराको लेकसाइडमा आयोजित कार्यक्रममा करिब पाँच सय विदेशी पर्यटकहरु सहभागी थिए । लेकसाइड अम्बोटदेखि खहरेसम्म करिब तीन किलोमिटरको दुरीमा नेपाली मौलिक बाजागाजासहित महोत्सव आयोजना गरिएको थियो ।

आज पहाडी जिल्लाहरुमा मनाइएको होली भोलि तराई÷मधेसका जिल्लाहरुमा मनाइने छ ।

Featured News

Advertisement