नेपाल शिक्षक संघ पाँचथरको अध्यक्षमा होमप्रसाद खनाल निर्विरोध निर्वाचित
पाँचथर । नेपाल शिक्षक संघ पाँचथरको अध्यक्षमा होमप्रसाद खनाल निर्विरोध निर्वाचित भएका छन् ।
निलगिरि मावि सुभाङका प्रधानाध्यापक खनाल आइतबार फिदिममा सम्पन्न नवौं जिल्ला अधिवेशनबाट निर्विरोध निर्वाचित भएका हुन् ।
संघको उपाध्यक्षमा सुरेन्द्र ओझा र फुलकुमारी नेम्वाङ, सचिवमा डिल्ली लुइटेल, सह–सचिवमा रमेश रेग्मी, सन्तोषकुमार यादव, सरिता तामाङ र सुन्दरी चेम्जोङ चयन भएका छन् ।
सदस्यहरुमा योगेन्द्र बोहोरा, पर्शुराम अधिकारी, राजेन्द्र राई, गिरिराज हुमागाईं, इन्दिरा खेबाङ, मालिका सुब्बा र पदमकुमारी फियाक निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी संघीय प्रतिनिधिमा वीरेन्द्रकुमार खड्का र नरेन्द्रकुमार सम्बाहाम्फे र गोपालप्रसाद पोखरेल, रचना नेम्वाङ र पूर्णमाया तावा तथा प्रदेश प्रतिनिधिमा सुरेन्द्र केरुङ, तिलोचन अधिकारी, रामचन्द्रप्रसाद गुप्ता, अञ्जना राई, आशा आङदेम्बे र जयप्रसाद बास्कोटा चयन भएको निर्वाचन समितिको कार्यालय फिदिम पाँचथरले जनाएको छ ।








