मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

छतबाट खसेर माधव नेपालका भाइ सरोजको निधन



शनिबार २० , फाल्गुन २०७९

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको शंखमुलस्थित एक कफीसपको छतबाट खसेर निधन भएको छ ।

माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको माधव नेपालको सचिवालयका सदस्य नितेश पौडेलले जानकारी दिए ।
नेपाल प्रहरीको नयाँ बानेश्वर वृत्तका डीएसपी निशान्त श्रीवास्तवका अनुसार कफी सपको छतबाट खसेपछि सख्त घाइते भएका उपाध्यायलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

घटनाबारे छानबिन भइरहेको श्रीवास्तवले बताएका छन् । पेशाले इन्जिनियरसमेत रहेका उपाध्याय पछिल्लो समय नेकपा एकीकृत समाजवादीको राजनीतिमा सक्रिय थिए । उपाध्याय लडेपछि घाइते अवस्थामा दुई युवकले सुरुमा सिभिल अस्पताल लगेका थिए । थप उपचारका लागि उपाध्यायलाई माइतीघरस्थित अन्नपूर्ण न्युरोमा लगिएको थियो ।

Featured News

Advertisement