बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

कोशी नाम खारेज गर्न माग गर्दै प्रदर्शन



शुक्रबार १९ , फाल्गुन २०७९

विराटनगर । प्रदेशको नाम कोशी राखेको विरोधमा शुक्रबार विराटनगरमा प्रदर्शन भएको छ ।  बुधबार प्रदेशसभाले कोशी नाम राखेपछि उक्त नाम खारेज गर्न माग गर्दै पहिचान पक्षधरले प्रदर्शन गरेका हुन् ।

लिम्बुवान किरात संघर्ष समितिमा आवद्ध दर्जन बढी संघसंस्थाले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय घेराउ पनि गरे । उनीहरुले पहिचानको आधारमा लिम्बुवान– किरात नामकरण गरिनुपर्ने माग गरे । प्रदेशको नाम पहिचानका आधारमा नराखे देशभरि आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिए ।

९३ सदस्यीय प्रदेशसभामा कोशीको पक्षमत ८२ जनाले मतदान गरेका थिए । ४ जनाको विपक्षमा मतदान गर्दा  ६ जना सांसद अनुपस्थित थिए ।

Featured News

Advertisement