तुम्बेवा गाउँपालिका अध्यक्ष खड्काको पहलमा हेलिकप्टरमार्फत घाइतेको उद्दार
बुधबार
१७ ,
फाल्गुन
२०७९
Tamor Khabar
856
पाँचथर । पाँचथर जिल्लाको तुम्बेवा गाउँपालिका अध्यक्ष बाबुराम खड्काको पहलमा एक घाइतेको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
मंगलबार तुम्बेवा गाउँपालिका वडा नं. ५ को हाङगुममा भएको ट्याक्टर दुर्घटनामा परी घाइते भएका सहचालकलाई काठमाडौंबाट हेलिकप्टर मगाएर उद्दार गरिएको गाउँपालिका अध्यक्ष खड्काले बताए । उनका अनुसार आफ्नै पहलमा काठमाडौंबाट घाइतेको उद्दार गर्न हेलिकप्टर मगाएको हो । घाइतेलाई धरानको विपि कोइराला अस्पताल लगिएको छ । उनको अवस्था सुधार रहेको अध्यक्ष खड्काले जानकारी दिए । इलाम घर भएका ति घाइते नावाखोला खानेपानी योजनाका काम गर्दै आएका थिए ।
घाइतेको अवस्थालाई मध्यनजर गरी तत्काल उद्दारमा जोड दिएको अध्यक्ष खड्काको भनाई छ ।








