शिक्षक संघ धरानको अध्यक्षमा रविन थापाको उम्मेद्वारी
तमोर संवाददाता, धरान ः नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ धरानको आसन्न अबिधेशनका लागी ,अध्यक्ष पदमा धरान दन्तकाली मा. वि. मा कार्यरत शिक्षक रविन थापाले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन । धरान शिक्षक संघलाई गुटगत राजनीतिबाट मुक्त बनाउनका लागी तथा शिक्षक तथा शिक्षाका तमाम समस्याहरु लाई समाधान गर्ने मुल मुद्धा सहित आफ्नो उम्मेद्वारी घोषणा गरेको शिक्षक थापाले बताउनु भयो ।
नेपाल विद्यार्थि संघ, धनकुटा बहुमुखी क्याम्पस धनकुटाको सभापति भई लोकतान्तिक आन्दोलन २०६२÷६३ को सफल तथा प्रसंशनिय भुमिका निभाएका थापा , विश्व विद्यालय क्याम्पस, कीर्तिपुरमा समेत नेविसंघको राजनीतिमा सक्रिय रहेर, विभिन्न आन्दोलनमा अग्रमोर्चामा नै रहन्थे । शिक्षण पेशामा प्रबेश गरे सगै शिक्षक नेता थापाको , नेपाल शिक्षक महासंघ पाँचथरको जिल्ला समिति सदस्य भएर काम गरेको अनुभब समेत रहेको छ । धरानमा शिक्षक रविन थापाको उम्मेद्वारीलाई विशेष चासो र महत्वका साथ हेरीएको छ








