बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

आज खण्डग्रास सूर्यग्रहण : के गरे शुभ हुन्छ ?



मंगलवार ८ , कार्तिक २०७९

कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्दै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार  आज दिउँसो ४ बजेर ५२ मिनेटमा स्पर्श गर्नेछ। 

ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ बजेर २४ मिनेटमा सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। 

ग्रहणले बेलुकी पौने सात बजे छोड्नेछ । ३२ मिनेट नेपालबाट ग्रहण देखिने उनले बताए। खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।

खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र छेकेको देखिन्छ। मैदानी भूभागबाट ग्रहण देख्न कठिन हुने सोसाइटीले जनाएको छ। 

नाङ्गो आँखाले भने ग्रहण हेर्न नहुने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए। ग्रहण विशेष किसिमको चस्मा लगाएर वा पानीमा छायाँ पारेर हेर्न आग्रह गरे। 

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ। यसैबीच, यही महिनाको २२ गते मंगलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण पनि लाग्दैछ। कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा सूर्य र शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्नेछ

Featured News

Advertisement