बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

दशैमा खाँदै गरेको मासु अड्किएर एकजना मृत्यु



मंगलवार १८ , आश्विन २०७९

लमजुङ

 

दसैंका लागि काटेको राँगाको मासु खाने क्रममा घाँटीमा अड्किएर लमजुङमा एकजना अधवैंसेको मृत्यु भएको छ ।
मासु खाने क्रममा ह्याकुला परेको र मासुसहितको ह्याकुला निल्ने क्रममा घाँटीमा अड्किएर मस्र्याङ्दी गाउँपालिका ९ सिम्पानी तबैका ४९ वर्षीय शम्सेरबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताउनुभयो । उहाँका अनुसार ती व्यक्तिले अवासधानीपूर्वक मासु खाँदा घाँटीमा अड्किएको हो ।
सोमबार अष्टमीको दिउँसो राँगो काटेको र घरमा गएर चौटा खाने क्रममा घाँटीमा अड्किएपछि परियारलाई खुदीस्थित स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा ल्याएको थियो । 
चिसित्सकले उपचार गर्नको लागि चेकजाँच गराउने क्रममाका उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षकविष्णु विकले बताउनुभयो । प्रहरीका अनुसार मृतकको पोष्टमार्टम गरेर मंगलबार परिवारलाई बुझाइसकिएको छ । प्रहरीले दसैंका बेला जवर्जस्ती मासु खाने चलन रहेको र सतर्कतापूर्वक मासु सेवन गर्न आग्रह गरेको छ । 

Featured News

Advertisement