बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

निःशुल्क आँखा शिविरमा अठार सय बढीको आँखा जाँच, दुई सय ५० जनाको शल्यक्रिया



बिहीबार ६ , आश्विन २०७९

फिदिम । पाँचथरको फिदिममा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा एक हजार आठ सय छ जनाको आँखा जाँच गरिएको छ । जसमध्ये दुई सय ५० जनाको अप्रेसन गरिएको हो ।

मोतियाबिन्दु र आँखामा ऐजेरु पलाएका यत्तिका बिरामीको आँखा अप्रेसन गरिएको हो। फिदिम नगरपालिकाको आर्थिक सहयोगमा जिल्लाको परोपकारी संस्था जनसेवा समाजको आयोजनामा असोज १ गतेदेखि आँखा शिविर सुरु गरेको थियो।

शिविरमा मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक तथा नेपाली सेनाको रणशेर गणले स्वयंसेवी भूमिका निर्वाह गरेको आयोजक संस्थाका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिनुभयो।

आँखा अप्रेसन गरिएका बिरामीका आँखाको पट्टी खोलेर अन्तिम परीक्षणसँगै असोज ५ गते बुधबार शिविरको औपचारिक समापन गरिएको अधिकारीले जानकारी दिए ।स्रोत   jorpati online  

Featured News

Advertisement