सन्दीपले बालिकालाई नगरकोट घुमाएको फुटेज भेटिएन, होटल संचालक भन्छन्, ‘सिसिटिभीले काम गर्दैन’
धनगढीः राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ। प्रहरीमा परेको जाहेरीअनुसार सन्दीपले नाबालिगलाई भक्तपुरको नगरकोटामा दिनभर घुमाएर राति काठमाडौंमा ल्याई बलात्कार गरेको आरोप लागेको छ। भदौ ५ मा लामिछानेले आफूलाई नगरकोटमा घुमाएको र काठमाडौंमा ल्याएर पटक पटक बलात्कार गरेको नाबालिगले प्रहरी वृत्त गौशालामा दिएको जाहेरीमा उल्लेख छ।भदौ ५ मा लामिछानेले आफूलाई नगरकोटमा घुमाएको र काठमाडौंमा ल्याएर पटक पटक बलात्कार गरेको नाबालिगले प्रहरी वृत्त गौशालामा दिएको जाहेरीमा उल्लेख छ। यसैबीच गौशालाबाट खटिएको प्रहरी टोलीले नगरकोटमा उनीहरु बसेको रेष्टुरेण्टरहोटलको सिसिटिभी जाँच गरेको छअनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार नाबालिगको सूचनाका आधारमा हेर्दा नगरकोटका होटलको क्लोज सर्किट (सिसी) क्यामरामा उनीहरु घुमेको दृश्य भेटिएको छैन। होटल संचालकले ‘सिसिटिभी ले काम गर्दैन’ भनेपछि मेटाएको आशंकामा प्रहरीले हार्डडिस्क संकलन गरेर काठमाडौंमा ल्याएको छ। सो हार्डडिस्क रिकभर गर्न विधि विज्ञान प्रयोगशालामा पठाइने जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताएघटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ। सन्दीपलाई पक्राउ गर्न आजै जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।








