पाँचथर जिल्ला प्रदेश (ख) सुर्य कुमार दाहालको उम्मेदवारी घोषणा
काठमाडौं ,नेपाली कांग्रेस पाँचथर जिल्ला प्रदेश(ख)क्षेत्रमा सुर्य कुमार दाहालको उम्मेदवारी घोषणा ।
इमानदार सरल स्वभावका बिकाश प्रेमि समाजसेवी पाँचथर जिल्ला प्रदेश(ख)क्षेत्रका यसधर्ती पुत्रका रूपमा चिनिने नेपाली कांग्रेस युवा नेता प्रदेशसभा सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने नेतामा पर्छन्, सूर्यकुमार दाहाल पाँचथर जिल्लाको तुम्बेवा गाउँपालिका वडा नम्बर–१ साविक आङ्ना–५ घर भएका दाहाल पार्टीमा आन्तरिक शक्ति सङ्घर्ष बढेको र नीतिसँगै निष्ठाको राजनीतिक पनि सङ्कटमा परेको भन्दै त्यसलाई बचाउन उम्मेदवारी दिने निर्णयमा पुगेको बताउँछन् ।
उनको पक्षमा राम्रो माहौल देखिएको पाँचथर जिल्ला प्रदेश ‘ख’ क्षेत्रमा पर्ने क्रमसः तुम्वेवा,मिक्लाजुङ, कुम्मायक,फागुन्नदका नेपाली कांग्रेस गाउँ पालिका सभापतिहरुको सर्मथन रहेको बताउँछन् । त्यस मध्ये तुम्वेवा,कुम्मायक,फागुन्नद,स्थित गत स्थानिय चुनावमा अध्यक्ष पदमा नेपाली कांग्रेसले बिजय हासिल गरेका गाउँ पालिका पर्दछन मिक्लाजुङ,भने गठबन्धनको क्रममा उपाअध्यक्षमा बिजय हासिल गरेको थियो ।
लोकतन्त्रको सुन्दर पक्ष भनेको आवदिक निर्वाचनहो हाम्रो संविधानले सबै खालको प्रतिनिधित्व हुने गरि नेपालको संविधान जारी भएदेखि गणतान्त्रिक नेपालको संविधानले सबै जाति,भाषा,धर्म,वर्ग,लिङ्ग,सस्कृति,परम्परालाई समानुपातिक र समावेशिताको प्रतिनिधित्वक सुनिश्चित गरिएको हुँदा विगत २०७४ को टिकट वितरणको आधारमा हेर्दा उक्त क्षेत्रमा सुरेन्द्र कुमार दाहालको उमेरद्वारी रहेको थियो सो क्षेत्रमा एमाले र माओवादीको गठबन्धनले गर्दा नेपाली कांग्रेसले निम्न मतान्तरले पराजय बेहोर्नु परेको र भर्खर सम्पन्न स्थानीय तहको निर्वाचनमा पाँचथर जिल्लालाई नियालेर हेर्दा नेतृत्वले समावेशी र समानुपातिक कै आधारमा टिकट वितरण भएको देखिन आउँछ र सोही आधारमा नेतृत्वले निरन्तरता दिनुहुन्छ भन्ने विश्वस्त छु ।
दाहालले आफुलाई यस क्षेत्रको बलियो दावेदारको रुपमा उम्मेदवारी घोषणा गरेका छन् । पार्टीका अन्य नेतृत्वहरुको असहयोगका बाबजुत पनि गत स्थानीय तहको निर्वाचनमा आफ्नो वडा तथा गाउँपालिका अध्यक्षमा ३० र ३२ वर्षीय युवा नेतालाई उमेद्वार बनाई अत्यधिक बहुमतले विजय गराउँन सफल भएका कारणले पनि उनलाई यस क्षेत्रको प्रबल दावेदारको रूपमा लिईएको छ ।
संसदीय प्रणालीलाई कम खराब व्यवस्थाको संज्ञा दिँदै आएका उनले यो प्रणालीलाई उत्कृष्ट बनाउन लोकतान्त्रिक चरित्रसहितको अभ्यास आवश्यक हुने पनि औँल्याए। सोहीकारण प्रदेशसभा सदस्य पदका लागि कांग्रेसबाट उम्मेदवारी घोषणा गर्नुपरेको उनको दाबी छ । २०६४ सालको पहिलो, २०७० सालको दोस्रो संविधान सभा निर्वाचन, २०७४ सालको स्थानीय निर्वाचन र हालै सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेसको पक्षमा जनलहर ल्याउन विभिन्न भूमिकामा उनी दिनरात खटिरहे केन्द्रीय चुनाव प्रचार प्रशार समिति संयोजक गोबिन्द भट्टराईकोे संयोजकत्वमा रहेर परिचालन समिति अन्र्तगतको स्थानीय तह आन्तरिक केन्द्रीय चुनाव प्रचार प्रशार समिति’सदस्य रही अत्यन्त जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गरे ।
२०७४÷०७५ मा दाहाल संस्थापक अध्यक्ष (चार्टड प्रेसिडेन्ट) भई गठन भएको लायन्स क्लब अफ काठमाडौं गोलोबल सर्भिस, लायन्स क्लब अफ काठमाडौं अनन्य, लायन्स क्लब अफ काठमाडौं ग्रुप समाज सेवाको क्षेत्रमा स्वदेशमा मात्र नभई विदेशमा समेत अब्बल मानिन्छ । लायन्स वृत्तमा उनले तिन वटा क्लबको चार्टड प्रेसिडेन्ट नेपाली लायन्समा उनी मात्र हुन । यसबापत उनलाई लायन्स मुख्यालय अमेरीकाबाट सम्मान समेत गरिएको थियो ।
दाहाल आफुभन्दा कम अवसर प्राप्त भएका ब्यक्ती र आफुभन्दा बढी समस्या भएका ब्यक्तीहरुलाई मानिसले मानिसलाई अरुको लागीनै आफूले सकेको सहयोग सबैले गर्नुपर्ने मान्यता राख्छन् उनी । २०७२ सालको भूकम्पको बेलामा उनले आफ्नै खर्चमा आफ्ना साथीभाइको सहयोग,लायन्स क्लबहरूसँग समन्वय गरी धेरै राहतका कार्यहरूमा सहभागी भए । हाम्रो सहयोग अभियान मार्फत कोभिड महामारीको समयमा पनि उनले निर्वाह गरेको काम सम्झनालायक छ । समाज सेवाप्रतिको समर्पण, लगाव तथा चिरपरिचित सामाजिक अभियन्ताको छविका कारण दाहाल धेरै सामाजिक संघसंस्थामा आबद्ध छन् ।
उनले लायन्स कन्भेन्सनका क्रममा अमेरिका, क्यानाडा,जापान,यूके ,युएइ, थाइल्याण्ड, मलेसिया, बंगलादेश, भारत, चीन लगायतका मुलुकको भ्रमण गरेका छन् ।
यस्तै, भइरहेका विकासप्रति पनि उनको फरक मत छ। उनले विकासको नाममा भइरहेका भ्रष्टाचारजस्ता बेथिती हटाउँदै जानुपर्नेमा जोड दिँदै भनेका छन्, ‘हामी कस्तो विकास चाहन्छौ सार्वजनिक शिक्षा, स्वास्थ्य, सडक, सामाजिक सुरक्षा, कृषि, न्यायिक, प्रशासनिक र सुशासनको स्थिति हेरेर भन्न सक्छौँ ।’
आगामी निर्वाचनमा विचार, संस्कार र विकासको योजना बोकेका उम्मेदवारलाई पार्टीले टिकट दिने र निर्वाचनमा जनताले जिताउने नेता दाहालको विश्वास छ । उनी पार्टीमा देउवापक्षीय नेताको रूपमा चिनिन्छन् ।








