बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

इटहरीमा फेसबुम ह्यकगरि रकम ठगि गर्ने तीन जना पक्राउ



शनिबार ४ , भाद्र २०७९

इटहरीमा फेसबुक ‘ह्याक’ गरी रकम ठगी, तीनजनाको गिरोह पक्रउ
 इटहरीमा फेसबुक ‘ह्याक’ गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार फेसबुक ‘ह्याक’ गर्दै नक्ली ईसेवा आइडी बनाएर ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका ६ का १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रवीण राजवंशी र भवेश राजवंशी रहेका छन् । उनीहरू ‘कम्प्युटर साइन्स’ अध्ययनरत विद्यार्थी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गत जेठ महिनामा इटहरी उपमहानगरपालिका २ डिल्लीबहादुर राउतको फेसबुक एकाउन्ट ‘ह्याक’ गरी उनीसँग फेसबुकमा जोडिएका साथीहरूसँग रकम ठगी गरेको खुलेसँगै राउतले गत जेठ १३ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी गरेका थिए ।

झापाको भद्रपुरबाट पक्राउ परेका तीनै जनाविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी डीएसपी राईले दिए ।

फेसबुक ‘ह्याक’ गरेका गिरोहले आफू बिरामी परेको भनेर म्यासेन्जरमार्फत म्यासेज पठाउँदै नक्कली ई–सेवा आईडी खडा गरी रकम पठाउन लगाएर फेसबुकका साथीहरुलाई ठगी गरिरहेको उल्लेख गरेर उनले निवेदन दिएका हुन् ।

प्रहरीले अनुसन्धान अघि बढाउँदै गिरोहको खोजी थालेको थियो । अन्ततः फेसबुक ‘ह्याक’ गर्ने गिरोहलाई समात्न सफल भइएको डीएसपी राईले बताए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख, एसपी प्रभुप्रसाद ढकालले भने, ‘हामीकहाँ हालसम्म २५ जनाभन्दा बढी सर्वसाधारणको फेसबुक आईडी ‘ह्याक’ गरेको निवेदन आएका छन्, दुई लाख भन्दा बढी रकम ठगी गरेको खुलेको छ ।’

आफूहरूकहाँ उजुरी आएसँगै सुक्ष्म रूपमा अनुसन्धान सुरु गरी गिरोहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय प्राविधिको दुरुपयोग गरेर ठगी एवम् विभिन्न खालका अपराध गर्ने क्रम बढेकाले सचेत रहन समेत प्रहरीको अपिल छ ।
-takura news

Featured News

Advertisement