कुम्मायकको जस्तापाता योजना शहरी बिकास मन्त्रीको हातमा
काठमाडौँ-पाँचथरको कुम्मायक गाउँ पालिका अध्यक्ष बमप्रसाद लावतीले शहरी बिकास मन्त्री मेटमणि चौधरीलाई भेटेर पालिकामा खरको छाना बिस्थापित गर्ने योजनाका लागि रकम उपलब्ध गराई दिन निवेदन पेश गर्नु भएको छ।
मन्त्रलयमा भएको भेटमा अध्यक्ष लावतीले पालिकाका एघार सय घरमा खरको छाना भएको र सो बिस्थापित गरेर जस्तापाता किन्ने रकम यथाशिघ्र उपलब्ध गराई दिन अनुरोध गर्नु भएको हो।
सो अवसरमा अध्यक्ष लावतीले सरकारले निश्चित कम्पनीको हित हुने गरि जस्तापाताको रंग उपलब्ध गराउदै आएको बताउदै जस्तापाताको रंग पनि जनताले छन् पाउनुपर्ने माग राख्नु भएको थियो।
मन्त्री चौधरीले अध्यक्ष लावतीको माग जायज रहेको भन्दै सम्बन्धित विभागलाई तोक आदेश दिंदै छिटो कार्यन्वयन गर्न निर्देशन दिनु भएको छ।
सो भेटका क्रममा अध्यक्ष लावतीले शहरी विकास सडकका लागि यासोक -माङ्गजाबुङ्ग , यासोक -सावाँसेरो गरि जम्मा २० किलोमिटरका लागि बजेट बजेट उपलध गराई दिन समेत निवेदन दिनुभएको .Hotpai.com








