बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो



आईतवार १५ , श्रावण २०७९

दाङ । प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ मा शनिबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

स्वर्गद्वारी मन्दिरको दर्शन गरी फर्कने क्रममा स्वर्गद्वारी नगरपालिका–३ भ्यागुतेमा लु ३ च ३५३ नं. को जीप दुर्घटना भएको थियो ।

दुर्घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका–३ की ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो। ५४ वर्षीया कान्ति कर्णको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो। ७० वर्षका पटवारी कुहारको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ। जीपमा १७ जना यात्रु सवार थिए। ७ जना गम्भीर घाइते भएका छन्। घाइतेहरुको बुटवलमा उपचार भइरहेको छ।

Featured News

Advertisement