बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

आजकाे राशिफल, वि.सं. २०७९ श्रावण १४ गते शनिबार



शनिबार १४ , श्रावण २०७९

वि.सं. २०७९ श्रावण १४ गते शनिवार तदनुसार ई. सं. २०२२ जुलाई ३० तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४३, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२० बजे र सूर्यास्त : साँझ ०६:४४ बजे. चन्द्रोदय : बिहान ०६:३१ बजे र चन्द्रास्त : साँझ ०७:२५ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२६ बजे र सूर्यास्त : साँझ ०६:५३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३१ बजे र सूर्यास्त : साँझ ०७:०० बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:४४ बजे र सूर्यास्त : साँझ ०७:१६ बजे, श्रावण शुक्लपक्ष (गुँलाथ्व) द्वितीया तिथि, मध्यरात्रीपछि ०१:२२ बजेसम्म, त्यसपछि तृतीया तिथि, अश्लेषा नक्षत्र, दिउँसो ११:५८ बजेसम्म, त्यसपछि मघा नक्षत्र, चन्द्रमा कर्कट राशिमा, दिउँसो ११:५८ बजेसम्म, त्यसपछि सिंह राशिमा, व्यतिपात योग, बेलुका ०७:४० बजेसम्म, त्यसपछि वरीयान् योग, सुरुमा बालब करण दिउँसो १२:४६ बजेसम्म, त्यसपछि कौलव करण मध्यरात्रीपछि ०१:२२ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : मानस, चन्द्रवणर् : सेतो (दिउँसो ११:५८ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : उत्तर (दिउँसो ११:५८ बजेसम्म), त्यसपछि पूर्व, योगिनीदिशा : उत्तर, वारशूल : पूर्व, वाणपञ्चकमध्ये नृप (राज) वाण : सूर्योदयपूर्व ०२:२१ बजेदेखि भोलि बिहान ०३:३३ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, आज : चन्द्रोदय (चन्द्रदर्शन), आजको मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), चुल्लीचक्रआगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- १५ गते : श्री वराह जयन्ती, साउनको पन्ध्र (खीर खाने दिन), १६ गते : श्रावणी सोमवारको व्रत, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), १७ गते : नागपञ्चमी, (नाग टाँस्ने दिन), ललितपुरको दानघाट, धापाखेल, नागदह, नागपोखरी, टौदह आदि विभिन्न नागस्थानमा मेला, कल्की जयन्ती, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक)मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –सोच्ने शक्ति र निणर्यात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ । आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ । साथीहरूले पनि तपाईंको क्रियाकलापको आलोचना गर्नेछन्, उता व्यक्तिगत स्वास्थ्यस्थितिप्रति पनि सचेत हुनुपर्छ । कार्यालयीय काम सजिलै सम्पन्न हुने र सन्तुष्टि लिन सकिने दिन हो, तर आज घरपरिवार वा आफन्तको भावनालाई समेट्न सकेमा थप सन्तुष्टि मिल्नेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ रातो र शुभ दिशा उत्तर उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कुलपूजितायै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइँदैन र लवमेटलाई छुट्टै समय दिन नपाउनाले वैचारिक मतभेद हुनसक्छ । कार्यक्षेत्रबाट राम्रो प्रतिफल प्राप्त हुने तथा देशपरदेशबाट शुभ समाचार सुन्न पाइने समय हो । कुनैकुनै काम सँगीसाथी र दाजुभाइको इच्छानुसार गर्नुपर्ने हुन्छ । कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ । आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हं हनुमते नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

Featured News

Advertisement