Read More 

"/>
बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

झापामा एउटै रुखमा ३ जना किशोरी झुन्डिएकाे अवस्थामा भेटिए



आईतवार ८ , श्रावण २०७९

झापा – झापाको कचनकवल गाउँपालिका ५ बेल्लेमा एउटै रुखमा तीन जना किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन् ।

आज आइतवार बिहान स्थानीय चिया बगानमा रहेको बयरको रुखमा झुन्डिएकाे अवस्थामा १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेशको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त पाठकले जानकारी दिनुभयो । हिजो शनिवार दिउँसो घुम्न जाने भनेर घरबाट निस्केका उनीहरू बेलुकासम्म सम्पर्कमा नआएपछि प्रहरीलाई खबर गरेर खोजी गर्दा आज बिहान झुन्डिएकाे अवस्थामा शव फेला परेका हुन् । 

प्रहरीले तीनै जनाको शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ । प्रारम्भिक छानबिनका क्रममा उनीहरूले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिए पनि कारण खुलेको छैन ।

Read More 

Featured News

Advertisement