बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय चुनाव आज हुदै



बिहीबार २३ , असार २०७९

 

बिहीबार बिहान ७ बजेदेखि मतदान सुरू भएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले सेतोपाटीलाई बताए। मतदानको कार्य अपरान्ह ५ बजेसम्म चल्नेछ।

यहाँ गत वैशाख ३० मा स्थानीय चुनाव भए पनि बुथ कब्जा भएको भन्दै बिबाद भएपछि पुन: निर्वाचन गर्ने निर्णय निर्वाचन आयोगले गरेको थियो।

बुढीगंगामा नेपाली कांग्रेस र नेकपा एमालेबाट मेयर तथा उपमेयरका उम्मेदवार छन्

कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ मेयर पदका लागि उम्मेदवार छन्। उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्।

यो निर्वाचनमा म्यादी प्रहरी खटाइएका छैनन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएका छन्। मतदानका लागि १० मतदान स्थल र १९ केन्द्र छन्। 

मतदान सकिएपछि मतपेटिका संकलन गर्ने र सकेसम्म आजैदेखि मतगणना सुरू गर्ने तयारी छ। 

शान्तिपूर्ण तवरले मतदान भइरहेको प्रजिअ अधिकारीले बताए।

Featured News

Advertisement