रामेछापमा बस दुर्घटना हुँदा कम्तिमा ५ जनाको मृत्यु
मंगलवार
२१ ,
असार
२०७९
Tamor Khabar
380
रामेछाप : रामेछापमा बस दुर्घटना हुँदा कम्तिमा ५ जनाको मृत्यु भएको छ ।
रामेछापको सुनापती गाउँपालिका ५ मा बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा अहिलेसम्म ५ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
त्यस्तै बस दुर्घटनामा घाइते भएका २५ जनालाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ । दुर्घटनाको कारण भने खुलिसकेको छैन








