बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

तीन ट्रक ठोक्किँदा दुई जना घाइते



शनिबार १८ , असार २०७९

  भरतपुर । नारायणगढ-मुग्लिन सडकको जलबिरेमा तीन ट्रक एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ९०५९, ना ६ ख ६८५ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश २–०३–००१ ख ६८२२ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् ।

घाइते हुनेहरुमा प्रदेश २–०३–००१ ख ६८२२ नम्बरको ट्रकका ट्रक चालक नुवाकोटको ककनी गाउँपालिका ७ बस्ने २३ वर्षीय दीपक सुनार र सहचालक पर्साका ४२ वर्षीय असम मुनियन रहेका छन् ।

घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ

Featured News

Advertisement