ता इलामको मिलागोलाईमा बुलेरो दुर्घटना १३ जना घाईते tamorkhabar
ताप्लेजुङ बाट झापा झर्देगरेको बुलेरो दुर्घटना हुदा चालक सहित १३ घाइते, घाइतेको नामावली सहित:
मिति २०७९।०३।१७ गते अ. १३:४५ बजेको समयमा जि. ईलाम ईलाम न.पा. १ मिलगोलाई स्थित मेचि राजमार्गमा जिल्ला ताप्लेजुङ थुम्मेदिन चाक्सिबोटेबाट झापा तर्फ जादै गरेको मे.१ ज. ३३२९ नं. को बोलेरो गाडी आफै अनियन्त्रीत भई रोडबाट अ. ५०० मि. तल खसी दुर्घटना भएको छ । घाइते निम्न स्थान बस्ने निम्न मानिसहरूलाइ उपचारको लागी जिल्ला अस्पताल इलाम पठाइएकोमा सामान्य उपचार पश्चात सघन उपचारको लागि झापातर्फ पठाइएको छ।
निम्न:-
१) जिल्ला ताप्लेजुङ पाथिभरा याङ्बरक गा.पा ५ बस्ने वर्ष २१ की मनिषा तामाङ ( टाउको र शरिरको विभिन्न भागमा चोट )
२) ऐ.ऐ. ६ बस्ने वर्ष २४ को लोकेन्द्र सिलवाल (खुट्टा नचल्ने )
३) ऐ. फुङलिङ न.पा ६ बस्ने वर्ष ३० की निमा खतिवडा ( टाउको र शरिरको विभिन्न भागमा चोट
४) जिल्ला झापा मेचिनगर न.पा ९ बस्ने वर्ष २२ को दिवान राइ ( टाउको र अनुहारमा चोट )
५) ऐ.ऐ. बस्ने १० महिनाकि बच्चा रियन्सा राइ (शरिरमा सामान्य चोट )
६) ऐ.ऐ. बस्ने वर्ष २२ की मञ्जली राइ ( टाउको र शरिरको विभिन्न भागमा चोट )
७) ऐ. भद्रपुर न.पा ३ बस्ने वर्ष वर्ष ५३ को इन्द्र ब. कार्की( हात खुट्टा नचल्ने )
८) ऐ.ऐ. बस्ने वर्ष ५६ को जित ब. थेबे ( टाउकोमा चोट झापा तर्फ रेफर)
९) जिल्ला पाँचथर फालेलुङ गा.पा. १ बस्ने वर्ष ३२ की अप्सरा कोइराला ( टाउको र शरिरको विभिन्न भागमा चोट )
१०)ऐ. याङबरक गा.पा ५ बस्ने वर्ष ५१ को प्रेम तामाङ ( टाउको र शरिरको विभिन्न भागमा चोट )
११)ऐ.ऐ. ६ बस्ने वर्ष २३ को दिपेन्द्र कोइराला ( टाउको र शरिरको विभिन्न भागमा चोट )
१२)जिल्ला भोजपुर श्यामसिला गा.पा १ बस्ने वर्ष २७ को सुरेन राइ ( टाउको, अनुहार, शरिरको विभिन्न भागमा चोट )
१३)चालक जिल्ला इलाम इलाम न.पा २ सुम्बेक बस्ने वर्ष २४ को चुडामणि घिमिरे ( टाउकोमा गहिरो चोट अवस्था गम्भिर








