बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

जमिन भासिँदा उदयपुर​का १७ घर जोखिममा, बस्ती स्थानान्तरणको माग



मंगलवार १४ , असार २०७९

निरन्तरको वर्षासँगै उदयपुरको कटारी नगरपालिका–१० तिल्केचौरमा बस्ती भन्दा २ सय मिटर माथिको पहाड धाँजा परेर जमिन भासिन थालेपछि १७ घर परिवार उच्च जोखिममा परेको छ ।उदयपुरको कटारी नगरपालिका–१० तिल्केचौर बस्ती निरन्तरको वर्षातसँगै पहिरोको उच्च जोखिममा परेको हो । बस्ती माथिको जमिन धाँजा परेर भासिँदै गएपछि तिल्केचौर पहिरोको उच्च जोखिममा रहेको छ ।बस्तीभन्दा करिब २ सय मिटर माथि लामो धाँजा परेर जमिन भासिएको छ । जमिन भासिँदै जाँदा तिल्केचौरका १७ परिवार त्रासमा छन् ।जमिन भासिँदा स्थानीयबासी डाकबहादुर थापा, दिलबहादुर थापा, बालकृष्ण थापा, मानकुमारी कार्की, मिनबहादुर थापा, भुपेन्द्र बगाले थापा, केशब बस्नेत, लालबहादुर थापा, यज्ञबहादुर थापा, दुर्गाबहादुर थापा, रमेश थापा, लिलबहादुर थापा र अशोक बिष्टको घर  उच्च जोखिममा रहेको कटारी नगरपालिका– १० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काले जानकारी दिए । तिल्केचौरको १७ घर रहेको बस्ती जताततै भासिएको छ,’ वडाध्यक्ष खड्काले भने, ‘त्यसमध्ये पनि बालकृष्ण, डाकबहादुर, मिनबहादुर, यज्ञबहादुर र भूपेन्द्रको घर पूर्ण जोखिममा छ । बस्ती भन्दा माथिबाटै जमिन भासिएकोले पहिरोको जोखिम बढी रहेको उनले बताए । जमिन भासिँदा सिंगो बस्ती पहिरोको उच्च जोखिममा छ,’ वडा सदस्य समेत रहेका दिलबहादुर थापाले भने, वर्षातको समय भन्दा अगाडी नै पानी परि रहेका कारण पहिरो उच्च जोखिम बढेको हो । कुनै पनि समय पहिरो जान सक्ने अवस्था रहेको उनले बताए ।

Featured News

Advertisement