बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

ईलाम को माङ्सेबुङमा बुलेरो पल्टिँदा तीनजनाको मृत्यु



आईतवार १२ , असार २०७९

इलामको माङ्सेबुङमा बोलेरो पल्टिँदा तीन जनाको मृत्यु

इलामको माङ्सेबुङ गाउँपालिका–२, दहगाउँस्थित भित्र सडकमा आज (आइतबार) भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । पाँचथरको रविबाट झापाको दमकतर्फ यात्रु लिएर जाँदैगरेको मे १ ज ४८७ नम्बरको बोलेरो सडकबाट करिब २ सय मिटर खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा पाँचथरको मिक्लाजुङ गाउँपालिका– ५ का ६५ वर्षे हिमप्रसाद लावती, त्यहींकी ६० वर्षीया पदमकुमार लावती र इलामको माङ्सेबुङ गाउँपालिका–६ का ५० वर्षे प्रकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार हिमप्रसाद र प्रकाशको घटनास्थलमै र पदमकुमारीको उपचारका लागि अस्पताल लैजानेक्रममा बाटोमा मृत्यु भएको हो । गाडीमा अन्य यात्रु नरहेको प्रहरीको भनाइ छ । गाडी आफैं अनियन्त्रित भइ दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (नागरिकन्युज डटकमबाट)

Featured News

Advertisement