पोखरीमा डुब्दा २ जना बालक मृत्यू
शनिबार
११ ,
असार
२०७९
Tamor Khabar
316
धनकुटा ११ असार, धनकुटाको धनकुटा नगरपालिका ६ पात्ले खोलामा रहेको पोखरीमा डुबेर २ जना बालकको मृत्यू भएको छ । मृत्यू हुनेमा धनकुटा नगरपालिका ४ का १३ बर्षिय सोडिम राई र धनकुटा नगरपालिका ७ का १४ बर्षिय उदय राई रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख लक्ष्मीराज अधिकारीले जानकारी दिनु भएको छ । डुबेका उनिहरु लाई उद्धार गरी जिल्ला अस्पताल धनकुटामा उपचारका लागि लगिएको र उनिहरुको उपचारका क्रममा मत्यू भएको प्रहरीले जनाएको छ








