शनिबार १९, बैशाख २०८३ Sat,02 May 2026

सर्वाधिकार सुरक्षित

धरानमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या



बिहीबार १२ , चैत्र २०७७

धरानमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

धरान-८ को पायनियर स्कुल नजिकै बस्ने ३७ वर्षीय तिलबहादुर माझीले आफ्नै श्रीमती ३१ वर्षीय सम्झना भन्ने कमला माझीको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आज करिब ५ बजे तिर आफ्नै घरको कोठामा विभत्स तरिकाले खुकुरी प्रहार श्रीमानले श्रीमतीको हत्या गरेका हुन् ।

श्रीमतीको हत्या गरी खुकुरी सहित बाहिर निस्किएका तिलबहादुरलाई उनका बुवाले खुकुरी खोसेर फालेका थिए । 

खुकुरी सहित प्रहरीले तिलबहादुरलाई नियन्त्रणमा लिइएको डिएसपी बस्नेतले बताए । मृतकको टाउकोको पछाडि भाग र गर्धनमा काटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा लगिएको छ ।

Featured News

Advertisement