शुक्रबार ११, बैशाख २०८३ Fri,24 Apr 2026

सर्वाधिकार सुरक्षित

जापानमा बसेकी महिलालाई मृतक देखाएर जग्गा किर्ते गरी बेच्ने पक्राउ



आईतवार ५ , असार २०७९

काठमाडौं, ५ असार । जापानमा २४ वर्षदेखि बस्दै आएकी महिलाको नक्कली कागजात तयार गरी जग्गा विक्री गर्नेहरु पक्राउ परेका छन् । उनीहरुले किर्तिपुरकी शान्ता देवी लोहनीको किर्ते मृत्यु दर्ता प्रमाणपत्र, नाता प्माणितको प्रमाणपत्र देखि उनका श्रीमान् तारानिधि लोहनीको नामको नक्कली नागरिकताको प्रमाणपत्रलगायत किर्ते कागजातहरु बनाई जग्गा विक्री गरेका थिए ।पक्राउ पर्नेहरुमा दार्चुला घर भई टोखा बस्ने महावीर चन्द, सिन्धुपाल्चोक घर भई सुनाकोठी बस्ने गणेश बहादुर खनाल, सोलुखुम्बु घर भई बुढानिलकण्ठ बस्ने बाबुराम कार्की, नुवाकोट घर भई बनस्थली बोहराटार बस्ने प्रेम प्रसाद खनाल र काठमाडौं तारकेश्वरकी ममता भन्ने डासी माया श्रेष्ठ छन् । उनीहरुले किर्ते गरी भक्तपुरकी सुनिता कमाचार्यलाई ३ करोड ७० लाख रुपैयाँमा जग्गा विक्री गरेका थिए । वास्तविक जग्गाधनी शान्ता देवी लोहनीले सीआइबीमा उजूरी दिएपछि किर्तेको खुलासा भएको थियो ।

Featured News

Advertisement