जनकपुर उड्न लागेको बुद्ध एयरको यात्रुको झोलामा गोली भेटेपछि
बुधबार
१ ,
असार
२०७९
Tamor Khabar
372
काठमाडौं, १ असार । काठमाडौंबाट जनकपुर उडान भर्न लागेको विमानका यात्रुको झोलामा गोली फेला परेको छ।बुद्ध एयरमार्फत जनकपुर जान लागेकी सर्लाहीको हरिपुर नगरपालिका–७ की किरणकुमारी सिंहको झोलाबाट नियमित चेकजाँचको क्रममा विमानस्थलका कर्मचारीहरुले एक राउण्ड गोली फेला पारेका हुन् ।गोली भेटिएसँग उनलाई ह्याण्डब्यागेज चेकिङ क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।








