कोरियन भाषा परीक्षा आजदेखि, ४३ हजार परीक्षार्थी सहभागी हुने
बिहीबार
१९ ,
जेष्ठ
२०७९
Tamor Khabar
580
कोरियन भाषा परीक्षा आजदेखि सुरु हुँदै छ। परीक्षा तीन दिन सञ्चालन हुने वैदेशिक रोजगार विभागले जनाएको छ।वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा आजदेखि सञ्चालन गर्न लागेको हो। परीक्षा असार ३ सम्म सञ्चालन हुने छ।








