टायरमा समस्या देखिएपछि भद्रपुर उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता
बुधबार
१८ ,
जेष्ठ
२०७९
Tamor Khabar
335
जेठ १८-झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ । टायरमा समस्या देखिएपछि भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । विमानमा ६९ जना यात्रु सवार थिए । जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको प्रवक्ता सिटौलाले जानकारी दिए ।








