नायिका मिरुना मगर र फुर्वा लामा विच सहमति
काठमाण्डौ । दुव्र्यवहार प्रकरणमा ‘कबड्डी ४’ चलचित्रकी नायिका मिरुना मगर र फुर्वा लामा विच सहमति भएको छ । दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
लामाले गल्ति स्विकारदै माफि मागेका छन् भने नायिका मगरले भाई सम्झेर माफी गरेकी सहमतीपत्रमा उल्लेख छ ।
‘आफूबाट आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाले सिंगो बौद्ध धर्माबलम्बी, भिक्ष, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना गरेकी छन् ।’सहमतिपत्रमा उल्लेख छ, ‘दुवै पक्षका अभिभावकहरु छलफलमा बसी आगामी दिनमा यस विषयमा विवाद नगर्ने सहमति भएको छ ।’
नायिका मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा लामा पक्राउ परेका थिए । भने उनको चौतर्फि विरोध भएपछि लामालाई रिहा मंगलबार रिहा भएका हुन् ।
बौद्धका भिक्षु समेत रहेका मुगुका लामा मंगलबार रिहा भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले ३ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
लामाले काठमाडौं सुन्धारा स्थित सिभिल मलको कफी सपमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै ‘कबड्डी ४’ फिल्मकी








