बुद्ध एयरको जहाजमा समस्या भएपछि यात्रु ओरालिए
सोमबार
१६ ,
जेष्ठ
२०७९
Tamor Khabar
312
इटहरी । काठमाडौँबाट झापाको भद्रपुरका लागि उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या भएपछि यात्रु ओरालिएको छ ।
सोमबार भद्रपुर उड्न लागेको उडान नम्बर ९०१ को जहाजमा समस्या पहिचान भएपछि यात्रुलाई ओरालिएको त्रिभुवन विमानस्थलले जनाएको छ ।
ट्याक्सी वेमा पुगिसकेको जहाजमा समस्या पहिचान भएपछि पार्किङ वेमा फर्काएर यात्रु झारिएको बताइएको छ । जहाजमा के समस्या थियो भन्नेबारे भने केही खुलेको छैन ।








