पुष्पलाल राजमार्गका १० सहर निर्माणलाई ३ अर्ब
आईतवार
१५ ,
जेष्ठ
२०७९
Tamor Khabar
521
पुष्पलाल राजमार्गका १० सहर निर्माणलाई ३ अर्ब
पुष्पलाल मध्य-पहाडी राजमार्गमा पर्ने १० वटा नयाँ सहर आयोजना निर्माणका लागि ३ अर्ब १० करोड बजेट विनियोजन गरिएको छ।
यस सहरअन्तर्गत पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनहुँको डुम्रे भन्सार, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौर जहारी, दैलेखको राकम, कर्णाली, अछामको साफेबगर र बैतडीको पाटनमा नयाँ सहर पर्नेछन्।








