एक परिवारलाई एक विद्युतीय चुल्हो
आईतवार
१५ ,
जेष्ठ
२०७९
Tamor Khabar
391
सरकारले स्थानीय तहमार्फत विद्युतीय चुल्हो अनुदानमा उपलब्ध गराउने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै स्थानीय तह मार्फत एक परिवारलाई एक विद्युतीय चुल्हो अनुदानमा वितरण गरिने बताए।
यसैगरी विद्युतको पहुँच बाहिर रहेका परिवारका लागि धुँवामुक्त बनाउन सुधारिएको चुल्हो बनाउन सहयोग गर्ने उल्लेख छ। विद्युत खपत बढाउन इन्डक्सन चुल्हो अनुदानमा उपलब्ध गराउन लागिएको हो।
फेसबुकबाट प्रतिक्रिया








