आईतवार १३, बैशाख २०८३ Sun,26 Apr 2026

सर्वाधिकार सुरक्षित

तारा एयरको विमान घाँसामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो



आईतवार १५ , जेष्ठ २०७९

काठमाडौं । तारा एयरको विमान मुस्ताङको घाँसाको टीटी भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले विमान दुर्घटना भएको पुष्टि गरे ।

मुस्तङको घाँसाको टीटी भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘मौसम खराबीका कारण हेलिकोप्टर जान नकसेपछि अहिले प्रहरीको टोली उक्त क्षेत्रमा जाँदै गरेको जानकारी आएको छ ।’

तारा एयरको ९-एन एइटी विमानमा २ जना विदेशी, ४ जना भारतीय र १३ जना नेपाली यात्रु सवार थिए । साथै, विमानका पाइलट प्रभाकर प्रसाद घिमिरे, को-पाइलट इतासव पोख्रेल र विमान परिचारिका किस्मी थापा सवार थिए ।

विहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडान भएको विमान उडान भएको केही समयपछि सम्पर्कबिहीन भएको थियो ।

 

 

Featured News

Advertisement