शुक्रबार ११, बैशाख २०८३ Fri,24 Apr 2026

सर्वाधिकार सुरक्षित

फिदिम नगरपालिका मेयर काफ्लेले आफूले पाउने सेवा सुविधानलिने निर्यण गरे



बिहीबार १२ , जेष्ठ २०७९

 पाँचथर =फिदिमका नवनिर्वाचित मेयर मित्रप्रसाद काफ्लेको अध्यक्षतामा बसेको पहिलो बैठकले सुशासनका लागि मोवाईल एप्स निर्माण गर्नेदेखि ‘बिपन्नसँग मेयर कार्यक्रम’ सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले सुशासनका लागि एप्स निर्माण, आर्थिक बिकासका लागि भूई स्याउको खेती, बिपन्नहरुका लागि ‘बिपन्नसँग मेयर कार्यक्रम’ र कम आय भएका परिवारका सदस्यको मृत्यु भएमा नगरपालिकाले काजकिरिया खर्च उपलब्ध गराउने समेतका निर्णय गरेको हो ।

नगर क्षेत्रभित्रका बिद्यालय, सवारी साधानमा हुने गतिबिधिलाई निगरानी र नियन्त्रण गर्नका लागि एप्स निर्माण गर्न लागिएको हो । एप्स मार्फत नगरपालिका मातहतका कार्यालयबाट सम्पादन हुने कार्यलाई पारदर्शि, भरपर्दो, छरितो र गुणस्तरीय बनाउने बिश्वास गरिएको छ ।

एप्समार्फत कार्यालयमा हुने  गतिबिधिहरुको निगरानी र नियन्त्रण गर्न समेत सहज बताईएको छ । ‘एप्स निर्माणका लागि काम अघि बढिसकेको छ,’ काफ्लेले भने ‘अब मोवाईलबाटै बिद्यालय, सवारी सधान र कार्यालयमा हुने गतिबिधिको निगरानी गरिन्छ ।’ प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत एप्स निर्माण गर्न लागिएको हो ।

मेयर काफ्लेले आफूले पाउने सेवा सुविधा समेत नलिने निर्णय गरेका छन् । मेयरले पाउने सेवा सुविधाबाट ‘बिपन्नसँग मेयर कार्यक्रम’ सञ्चालन गर्ने निर्णय गरिएको हो । ‘मैले पाउने सेवा सुविधाबाट नगरपालिकामा कोष खडा गर्ने र उक्त रकम बिपन्नहरुको सेवाका लागि काम गर्ने तयारी हो,’ काफ्लेले भने ।

त्यस्तै नगरको आर्थिक बिकासका लागि भूई स्याउलाई व्यवसायीक खेतीको रुपमा बिकास गर्ने निर्णय गरिएको हो । नगर क्षेत्रभित्र भूईस्याउको प्रचूर सम्भावना भएकाले त्यसको व्यवसायीक खेतीका लागि नगरपालिकाले बिशेष कार्यक्रम अघि बढाउने तयारी गरेको हो ।

कम आय भएका परिवारका सदस्यको मृत्यु भएमा काजकिरियाका लागि गरपालिकाले पाँच हजार रुपैँया समेत उपलब्ध गराउने निर्णय गरेको हो( स्रोत  फेेेसबुक बाट );

Featured News

Advertisement