एम्बुलेन्स पल्टिँदा घरमा सुतिरहेकी मनमायाको मृत्यु
बिहीबार
१२ ,
जेष्ठ
२०७९
Tamor Khabar
265
सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडकखण्डको दुईकिलोमा एक घरमा एम्बुलेन्स पसेपछि बृद्धाको मृत्यु भएको छ ।
दुर्घटनामा सुनकोसी ७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा पसेपछि खड्काको मृत्यु भएको थियो । एम्बुलेन्स सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
गए राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो ।








