शुक्रबार ११, बैशाख २०८३ Fri,24 Apr 2026

सर्वाधिकार सुरक्षित

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटनाः १ जनाको मृत्यु, २३ घाइते



बुधबार ११ , जेष्ठ २०७९

धनगढीः अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  सोही दुर्घटनामा परेर २३ जना घाइते भएका छन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही नगरपालिका वडा नम्बर १ का अमरनाथ धमलाको घटनास्थलमै मृत्यु भएको हो हाइड्रोलिक लिक भएर ट्याक्टर ट्रलीको पल्टिँदा दुर्घटनामा परेको थियो। दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागी मंगलसैन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए। 

Featured News

Advertisement