शुक्रबार ११, बैशाख २०८३ Fri,24 Apr 2026

सर्वाधिकार सुरक्षित

हावाहुरीका कारण ३३ जनाको मृत्यु



शनिबार ७ , जेष्ठ २०७९

भारतको बिहारमा चट्याङ र हावाहुरीका कारण ३३ जनाको ज्यान गएको छ । हिजो दिउँसो तीव्र गतिमा चलेको हावा हुरी र च’ट्याङमा परेर बिहारका १६ वटा जिल्लामा ३३ जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।हावाहुरी र च’ट्याङले करोडौँ मूल्य बरारबको भौतिक सम्पत्ति पनि नष्ट गरेको खबरमा उल्लेख छ । कयौँ ठाउँमा बिजुलीका खम्बा ढलेका, पुल भत्किएका र रुख ढल्दा घर भत्किएका र सडक बन्द भएका छन् । पटनाको मौसम विभागले अझै केही दिन तीव्र गतिमा हावाहुरी चल्ने पूर्वानुमान गरेको छ ।बिहारका मूख्यमन्त्री नितिश कुमारले ज्यान गुमाएका परिवारलाई ४ लाख रुपैयाँका दरले राहत दिने घोषणा गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृ’तकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितलाई राहत र उद्धारको लागि निर्देशन दिनुभएको छ ।

Featured News

Advertisement