पूरा भएन ललितपुरमा ११ औं पटक वडाध्यक्ष बन्ने ८१ वर्षीय नरसिंह व्यञ्जनकारको सपना
बिहीबार
५ ,
जेष्ठ
२०७९
Tamor Khabar
363
ललितपुर महानगरपालिका वडा नम्बर १० का ८१ वर्षीय स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार पराजित भएका छन्।१० पटक वडाध्यक्ष नर्वाचित भइसकेका उनले यसपालि पनि उम्मेदवारी दिएका थिए। यसपालि उनी २८२ मतले पराजित भएका छन्।नरसिंह आफ्नै ४४ वर्षीय भतिजसँग पराजित भएका हुन्। नेपाली कांग्रेसबाट उम्मेदवार उनका भतिज रविनमान व्यञ्जनकारले ८२५ मत ल्याएका छन्।नरसिंहले ५४३ मत मात्रै ल्याए। व्यञ्जनकारले पुतली चुनाव चिन्ह पाएका थिए।कुरा गर्दै उनले हारलाई सहर्ष स्वीकारेको बताए।‘म वडाध्यक्ष नभए पनि मैले अघि सारेका गुरूयोजनामा काम गर्नेछु। काम गर्नलाई कुनै पद नै चाहिन्छ भन्ने छैन,’ उनले भने।उनले वडाध्यक्ष जितेका आफ्ना भतिजालाई पदको राजनीति गर्नेभन्दा पनि समाजसेवामा लाग्न सुझाव दिने बताए।








