भोट हाल्न जाँदा साथमा मोबाइल लैजान पाइन्छ कि पाइदैन
बुधबार
२८ ,
बैशाख
२०७९
Tamor Khabar
366
काठमाडौ , धेरैलाई मतदान केन्द्रमा जाँदा मोबाइल लैजान पाइन्छ कि पाइदैन भन्ने दुबिधा पनि हुनसक्छ । किन भने आफूले हालेको मतपत्रको फोटो खिच्ने, सामाजिक सञ्जालमा राख्ने चाहना कतिपयलाई हुनसक्छ ।
तर, निर्वाचन आचार संहिताले भने त्यस्ता क्रियाकलापलाई पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । स्थानीय निर्वाचन आचार संहिता, २०७९ अनुसार केन्द्रमा मतदान गर्न स्वीकृत पाएको व्यक्तिले साथमा मोबाइल, क्यामेरा जस्ता कुनै पनि फोटो खिच्न सकिने उपकरण बोकेर जान नपाउने स्पष्ट पारेको छ ।








