धरान देखि इटहरी जाँदै गरेको बस दुर्घटना १२जना घाईते
आईतवार
११ ,
बैशाख
२०७९
Tamor Khabar
398
धरान देखि इटहरी आउदै गरेको बस विश्वकर्मा मन्दिर छेऊ दुर्घटना
धरान विश्वकर्मा मन्दिर नजिकै यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परि १२ जना घाइते भएका छन् । बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । यात्रुबाहक बसमा सवार ११ जना र मोटरसाइकलमा सवार एकजना घाइते भएका छन् ।
इटहरीतर्फ जाँदै गरेको ना५ख ८११९ नम्बरको बसले धरानतर्फ आउँदै गरेको को२६प ३२१३ मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।








