मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

स्थानीय तहमा उम्मेदवारी दिन के-के कागजात चाहिन्छ ?



मंगलवार ६ , बैशाख २०७९

काठमाडौं। स्थानीय तहको चुनाव आउन अब २५ दिन मात्र बाँकी रहँदा ग्रामीण क्षेत्रमा चुनावी सरगर्मी बढेको छ। राजनीतिक दल र नेता गाउँ गाउँमा पुगेर टोल भेला गर्दैछन्। राजनीतिक दलका कार्यक्रममा मतदाता कम र नेता कार्यकर्ता नै बढी देखिन्छन्। राजनीतिक दलका नेता चुनावी प्रसारमा घरघर पुग्न थालेका छन्।

वैशाख ३० मा स्थानीय तहको दोस्रो निर्वाचनबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिहरूको छनोट गरिँदैछ। त्यसको तयारीमा राज्यका सबै अंगहरु केन्द्रित छन्। दलहरू पनि विभिन्न पदमा उम्मेदवारका लागि मापदण्ड तय गरेर उम्मेदवार छनोटको प्रक्रियामा छन्। आकांक्षी व्यवस्थापन र योग्य उम्मेदवार छनौटका लागि मापदण्ड तय गरेरै उम्मेदवार छनौट प्रक्रिया सुरु गरिएको छ।

सबै दलहरूले तय गरेका मापदण्डमा निर्वाचनमा विजय हासिल गर्ने सम्भावना भएको व्यक्तिलाई केन्द्रमा राखिएका छन्। केही दलहरूले उम्मेदवारको नैतिक तथा चारित्रिक पृष्ठभूमि पनि असल हुनुपर्ने पक्षलाई जोड दिएका छन्। यद्यपि सत्ता गठबन्धनमा भने उम्मेदवार छनोटमा सकस देखिएको छ। महानगर र उपमहानगर केन्द्रबाट टुंग्याउने गठबन्धनमा सहमति छ भने गाउँपालिकामा स्थानीय 

काठमाडौं। स्थानीय तहको चुनाव आउन अब 24

 दिन मात्र बाँकी रहँदा ग्रामीण क्षेत्रमा चुनावी सरगर्मी बढेको छ। राजनीतिक दल र नेता गाउँ गाउँमा पुगेर टोल भेला गर्दैछन्। राजनीतिक दलका कार्यक्रममा मतदाता कम र नेता कार्यकर्ता नै बढी देखिन्छन्। राजनीतिक दलका नेता चुनावी प्रसारमा घरघर पुग्न थालेका छन्।

वैशाख ३० मा स्थानीय तहको दोस्रो निर्वाचनबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिहरूको छनोट गरिँदैछ। त्यसको तयारीमा राज्यका सबै अंगहरु केन्द्रित छन्। दलहरू पनि विभिन्न पदमा उम्मेदवारका लागि मापदण्ड तय गरेर उम्मेदवार छनोटको प्रक्रियामा छन्। आकांक्षी व्यवस्थापन र योग्य उम्मेदवार छनौटका लागि मापदण्ड तय गरेरै उम्मेदवार छनौट प्रक्रिया सुरु गरिएको छ।

सबै दलहरूले तय गरेका मापदण्डमा निर्वाचनमा विजय हासिल गर्ने सम्भावना भएको व्यक्तिलाई केन्द्रमा राखिएका छन्। केही दलहरूले उम्मेदवारको नैतिक तथा चारित्रिक पृष्ठभूमि पनि असल हुनुपर्ने पक्षलाई जोड दिएका छन्। यद्यपि सत्ता गठबन्धनमा भने उम्मेदवार छनोटमा सकस देखिएको छ। महानगर र उपमहानगर केन्द्रबाट टुंग्याउने गठबन्धनमा सहमति छ भने गाउँपालिकामा स्थानीय स्तरबाट दलहरुबीच सहमति गरेर उम्मेदवार छनोट गरिने छ।

यता निर्वाचन आयोगले पनि तयारी तीव्र बनाएको छ। देशभरका ७५३ स्थानीय तहको निर्वाचनका लागि चुनाव चिह्न निर्धारण गरी मतपत्रमा समावेश गरिएको छ। निर्वाचन आयोगका अनुसार वि. सं. २०७४ को प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त मत संख्याका आधारमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको निर्वाचन चिह्न निर्धारण गरिएको हो।

आयोगको पूर्वनिर्धारित निर्वाचन तालिका अनुसार स्थानीय तहको निर्वाचनका लागि दुई दिन मनोनयन दर्ताको समय तोकिएको छ। वैशाख ११ र १२ गते मनोनयनको मिति तोकिएको आयोगले जनाएको छ। १२ गते अपराह्न मनोनयन भएका उम्मेदवारको सूची प्रकाशन गर्ने आयोगको तयारी छ। १४ र १५ गते मनोनयनमाथि उजुरी र जाँचबुझका लागि छुट्याइएको छ भने १५ गते नै उम्मेदवारको नामावली प्रकाशन हुने छ। उम्मेदवारको नाम फिर्ता लिने समय १६ गते सम्मका लागि तोकिएको छ।

सोहीअनुरूप उम्मेदवारले आफ्नो मनोनयन दर्ता गर्नुपर्ने छ। निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आचारसंहिता बनाएको छ। वडा अध्यक्ष र वडा सदस्य पदमा उम्मेदवारी दर्ता गर्दा आवश्यक पर्ने कागजातहरू साथमा बोक्न आग्रह गरेको छ। आयोगले उम्मेदवारी दर्ता गर्दा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैंक भौचर वा नगद रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र र सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्न आग्रह गरेको छ।

 

Featured News

Advertisement