शुक्रबार ११, बैशाख २०८३ Fri,24 Apr 2026

सर्वाधिकार सुरक्षित

एउटै कक्षामा अध्यनरत दुई बालक बेपत्ता



सोमबार ५ , बैशाख २०७९



इटहरीमा एउटै कक्षामा अध्ययनरत दुई बालक बेपत्ता भएका छन् । इटहरी २ देवीथान घर भएका र महेन्द्र मावि कक्षा ४ मा अध्ययनरत १४ वर्षीय रञ्जित निरौला र ११ वर्षीय लकी बिक्रम साह चैत्र २९ गतेदेखि बेपत्ता भएका हुन् ।
विद्यालयमा परीक्षा सकेर घर हिडेपनि दुवैजना अहिलेसम्म घर नआएको बेपत्ता रञ्जित निरौलाको आमा रचना निरौलाले जानकारी दिइन् । छिमेकी दुवै परिवारले ३० गते इलाका प्रहरी कार्यालय इटहरीमा खोज तलासको लागि निवेदन दिएका थिए । तर दुवै बालक अहिलेसम्म फेला पर्न नसकेको निरौलाको दुखेसो छ ।

अहिले विद्यालय प्रशासन, आफन्त र प्रहरीले बालकको खोजी कार्य गरिरहेको छ । आफन्तहरूले बालकको खोजी गरिदिन सबै निकायसँग माग गरेका छन् । बालकहरूलाई कसैले भेटाएमा ९८१०५८४४४१ यो नम्बरमा वा प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आफन्तहरूले आग्रह गरेका छन्

Featured News

Advertisement