पाँचथरको फाल्गुनन्द गाँउ पालिकामा सवारी दुर्घट्ना एकजनाको ज्यान गयो
बुधबार
११ ,
चैत्र
२०७७
Tamor Khabar
775
पाँचथर :: पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारदेखि झापाका लागि छुटेको जीप जिल्लाको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ को सुलुम्फिमा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा इलामको फाकफोकथुम गाँउ पालिका ७ घर भएका पदमबहादुर ईम्सङ (लिम्बू) रहेको प्रहरीले जनाएको छ ।
यासोकबाट झापाका लागि १४ यात्रु लिएर छुटेको मे १ ज ४१६ नम्बरको जीप ब्रेक फेल भएर दुर्घट्ना भएको प्रहरीले जनाएको छ ।
दुर्घट्नामा गम्भिर घाइते भएका लिम्बूलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल फिदिम लैजाने क्रममा बाटैमा ज्यान गएको बताइएको छ ।
साभार ः रेडियाे मितेरी








