मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

जिल्ला र प्रदेश कार्यसमितिलाई उम्मेदवार सिफारिस गर्दा रकम नउठाउन कांग्रेसको निर्देशन



आईतवार २७ , चैत्र २०७८

नेपाली कांग्रेसले जिल्ला र प्रदेश कार्यसमितिलाई उम्मेदवार सिफारिस गर्दा कुनै किसिमको रकम नउठाउन निर्देशन दिएको छ । उम्मेदवार सिफारिस गर्दा रकम माग गरिएको भन्ने जानकारी आएको भन्दै कांग्रेसले विधान र नियमावलीविपरीत कुनै प्रकारको रकम नउठाउन निर्देशन हो ।

पार्टीले लिनुपर्ने सदस्यता शुल्क तथा लेबी उठाउन बाँकी भए त्यस्तो रकम भने तत्काल उठाउन निर्देशन दिएको छ ।

पार्टी सदस्यले बुझाउनुपर्ने सदस्यता शुल्क र सहयोग रकम लेबी बाहेक अन्य कुनै पनि किसिमको रकम लिनरउठाउन नमिल्ने स्पष्ट व्यवस्था भएकाले सो बाहेकको रकम नउठाउन कांग्रेसले निर्देशन दिएको हो ।

Featured News

Advertisement