मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

एमालेले चुनावी घोषणापत्र र प्रतिबद्धता पत्र ९ वैशाखमा सार्वजनिक गर्ने



बिहीबार १० , चैत्र २०७८

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय तहबाट चुनावी घोषणापत्र र स्थानीय तहबाट प्रतिबद्धतापत्र बनाएर सार्वजनिक गर्ने भएको छ।आगामी ३० वैशाखमा एकैपटक हुने स्थानीय तहको निर्वाचनको २१ दिनअघि अर्थात् पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणापत्र र स्थानीय प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागेको हो।बबरमहलस्थित कार्की ब्यांक्वेटमा दुई दिनदेखि जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले केन्द्रीय तहबाट चुनावी घोषणापत्र बनाउने तथा पालिका तहले अलग्गै प्रतिबद्धतापत्र बनाउनु पर्ने प्रस्ताव गरेका छन्। जसलाई आजैको बैठकले अनुमोदन गर्नेछ।‘पार्टीको केन्द्रीय कमिटीका तर्फबाट वर्तमान राजनीतिक परिस्थिति, पार्टीका मुख्य नीतिहरु, आगामी कार्यदिशा तथा ‘समृद्ध नेपाल र सुखी नेपाली’को आकांक्षा पूरा गर्न राष्ट्रियस्तरमा भएका काम र स्थानीय विकास तथा समृद्धिसम्बन्धी हाम्रो परिकल्पना, कार्यक्रम र मार्गचित्र समेटेर घोषणापत्र सार्वजनिक गर्ने, यो काम पार्टी स्थापना दिवस ९ वैशाख २०७९ का दिन गर्ने’, ओलीले केन्द्रीय कमिटीले गर्नुपर्ने कार्यका बारेमा प्रस्ताव गरेका छन्।त्यसो त केन्द्रीय कमिटीले चुनावी घोषणापत्र बनाउने जनाए पनि स्थानीय तहले अलग्गै प्रतिबद्धतापत्र बनाउनुपर्ने प्रस्ताव राखेका छन्। ‘केन्द्रीय नीतिको मार्गदर्शन र केन्द्रले तयार गरेको ढाँचामाथि आधारित रहेर स्थानीय तहमा हाम्रा उपलब्धि, हामी पराजित भएका ठाउँमा विगतमा हामीले गरेको प्रतिबद्धता र विपक्षीले विजय हासिल गरेको कारण त्यसमा आएको अवरोधसमेतलाई समेटेर आगामी लक्ष्य र कार्ययोजनासहितका प्रतिबद्धतापत्र तयार गर्ने’, ओलीको प्रस्तावमा उल्लेख छ।उनले स्थानीय प्रतिबद्धतापत्र भने प्रत्येक पालिकाले आफे निर्माण गरी आगामी ९ वैशाखमा सार्वजनिक गर्नुपर्ने उल्लेख गरेका छन्।

Featured News

Advertisement