मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

कांग्रेसकै नेतृत्वमा नयाँ सरकार : आङदेम्बे



बुधबार ११ , चैत्र २०७७

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा अनुशासन समितिका संयोजक भिष्मराज आङदेम्बे नयाँ सरकार बन्ने परिस्थिति निर्माण हुँदा कांग्रेसले नै नेतृत्व गर्ने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली उत्तर कोरियाका तानाशाह किमजोन जस्तो तानाशाह बन्ने बाटोमा लागेकाले विस्थापन अत्यावश्यक भएको उहाँको भनाइ छ ।

प्रेस युनियन ओखलढुङ्गाले सदरमुकाम ओखलढुङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रधानमन्त्री ओली लोकतन्त्रको आडमा एक दलीय तानाशाह बन्ने अभ्यासमा लागेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो– ‘संविधानमाथि अतिक्रमण गरेर एमाले पार्टी घरभित्रै सकाउन खोज्ने ओलि प्रवृति एक दलीय तानाशाही हो ।’ सरकार बनाउन काँग्रेसले अरुलाई साथ दिन नहुने भन्दै प्रमुख प्रतिपक्षी दल भएकाले देउवा प्रधानमन्त्री हुने कष्टमा मात्रै सत्ता समिकरणमा सहभागी हुने प्रष्ट पार्नुभयो । कांग्रेसले मात्रै अहिले भत्किएको थिति सहि बाटोमा ल्याउने उहाँको दावी छ ।

नेता आङदम्बे नेकपा विवाद निरुपणमा निर्वाचन आयोगको भूमिकाप्रति लक्षित गर्दै आयोग कम्युनिष्ट पार्टीको स्कूल विभागजस्तो बनेको आरोप पनि लगाउनुभयो । ओलि प्रवृतिले लोकतन्त्र र लोकतान्त्रिक संरचनाहरु धरापमा परेकाले ओलिको विकल्पमा नयाँ सरकार आवश्यक रहेको उहाँको तर्क छ ।

जनता समाजवादी पार्टीको नागरिकता, रेशम चौधरी रिहाइ लगायतका माग सत्ता समिकरणमा शर्तका रुपमा स्वीकार गर्न नहुने भन्दै आङदम्बेले कांग्रेस सत्ता समिकरणमा सहयोगी होइन नेतृत्व गर्ने अवस्थामा मात्रै सरकार चलाउन तयार हुने बताउनुभयो ।

Featured News

Advertisement