मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

कांग्रेसको फेरो समातेर माओवादी र नेकपा (एस) चुनाव जित्न खोजिरहेका छन् : आङ्देम्बे



बुधबार ९ , चैत्र २०७८

नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी कांग्रेसको फेरो समातेर चुनाव जित्न खोजिरहेको आरोप लगाएका छन् ।नेपाली कांग्रेस इलाम निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख) ले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले माओवादी नेकपा (एस) कांग्रेससँग गठबन्धन गरेर चुनाव जित्ने दाउमा रहेको बताएका हुन् । तर उनले इलामका कांग्रेसीहरूले आफ्नै उमेदवारलाई भोट हाल्न पाउने दाबी गरे ।सहमहामन्त्री आङ्देम्बेले फेरि चुनावी गठबन्धन भएर नेकपा (एस) का झलनाथ खनाललाई इलामे जनताले भोट हाल्नुपर्ने त्रास नपाल्न आग्रह गरे । 'गठबन्धनको नाममा झलनाथ खनाल आउने भन्ने चिन्ता साथीहरूलाई छ । तपाईंहरूलाई लागेजस्तो उहाँलाई कांग्रेसले बोक्दैन,' उनले भने, 'यो वा त्यो नाममा झलनाथ खनाल चुनाव लड्न आउनुहुन्न यो दिवास्वप्न हो । यो लेखेर राख्नुहोस् कि उहाँलाई तपाईंहरूले भोट हाल्नु पर्दैन, यो मेरो बचन भयो।'उनले जतिसुकै ठूलो भए पनि कम्युनिस्टले जनताको दु:खलाई कहिल्यै नबुझ्ने बताए ।

Featured News

Advertisement