शनिबार १२, बैशाख २०८३ Sat,25 Apr 2026

सर्वाधिकार सुरक्षित

लेटाङ घटनामा महिला प्रहरीको मृत्य



आईतवार ६ , चैत्र २०७८

बिराटनगर   ६ चैत । मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा बिकास माविमा आइतबार भएको हिंसा भड्किदा एक महिला प्रहरीको मृत्यु भएको छ ।  गुरुले बिद्यार्थी माथि जवरजस्ती गर्ने प्रयास गरेको आरोपमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा महिला प्रहरीेकाे मृत्यु भएको हो । लेटाङ बजारको शुभकामना अस्पतालले उपचारका लागि ल्याउँदा उहाँको मृत्यु भइसकेको बताएको छ ।लेटाङ ५ को शिक्षा विकास माविमा अध्ययनरत कक्षा ६ मा पढ्ने १२ वर्षीय बालिकालाई सोही विद्यालयका शिक्षकले जबरजस्ती गर्ने प्रयास गरेको घटना सार्वजनिक भएपछि विद्यार्थी र अभिभावक उत्तेजित भएका थिए ।बिहान १० बजे देखि तनावग्रस्त बिद्यालय परिसर राति पौने ९ बजे नियन्त्रणमा आएको थियो । प्रहरी सुरक्षा बढाएर अश्रुुग्यास प्रहार गरी भीड नियन्त्रण गर्दै प्रहरीले बलात्कारको आरोप लागेका शिक्षक मनोज पौडेललाई बिद्यालयबाट  प्रहरी कार्यालय लगेको  छ । पौडेललाई घटनास्थलबाट लेटाङ ल्याउँदा समेत स्थानीयले लखेटी लखेटी प्रहरी माथि ढुङ्गा मुढा गरेका थिए । सो क्रममा केही प्रहरी घाइते भएको समेत बताइएको छ ।

 

Featured News

Advertisement